सशस्त्र प्रहरी बलद्वारा विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा दरखास्त आह्वान गरेका छ। आज एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन माग गरिएको हो।

प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ।

योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गते सम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने भर्ना तथा छनौट शाखाले जनाएको छ।