त्रिदेशीय टी–२० सिरिज: आज हङकङविरुद्ध खेल्दै नेपाल

काठमाडौं । त्रिदेशीय टी–२० शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम हङकङविरुद्ध खेल्दैछ।

हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ।

हङकङमा आजदेखि सुरु हुने शृंखलामा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) को सहभागिता छ।

नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्नेछ।

यसअघि शनिबार भएको फ्रेन्ड्सिप कपअन्तर्गतको खेलमा नेपाललाई हङकङले ७३ रनले हराएको थियो।