आज राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेर ९ मिनेट जाँदा बस्ने संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन्।

राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्ने कार्यसूची रहेको संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

त्यस्तै, विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।