कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

काठमाडौं। आज बजारमा सुन मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख २५ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला १५ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।