कृष्ण महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं। उपप्रधान तथा गहमन्त्री रवि लामिछानेले सुन प्रकरणमा माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्ण महरालाई कारबाही गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसहितसँग छलफल गर्दै सुन प्रकरणमा जोडिएका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन्।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही अनुसार कारबाही गर्न निर्देशन दिइएको गृह स्रोतले जनाएको छ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो। उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।