पोखरा पर्यटन परिषदद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

फाइल तस्वीर

कास्की। पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मागपत्र बुझाएको छ। परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्वको टोलीले पोखरामा रहेका प्रधानन्त्रीलाई भेटेर आइतबार मागपत्र बुझाएको हो।

पोखरा जोडने मुख्य सडकहरुको अवस्था विकराल रहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको भन्दै परिषद्ले पत्रमा ध्यानाकर्षण गराएको छ।

मागपत्रमा पर्यटन व्यवसायीले केही वर्षयता एकपछि अर्को संकटको सामना गर्नुपरेको उल्लेख गर्दै अर्थतन्त्रमा शिथिलता पैदा हुँदा लगानी संकटमा रहेको र रोजगारी घटेकाले व्यवसायीलाई ऋण तिर्न सक्ने समय र उत्प्रेरणा आवश्यक रहेको जनाएको छ।

पर्यटन बोर्डको पुनःसंरचनासहित हाल रिक्त कार्यकारी बोर्ड सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।