बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु,७ घाइते

सांकेतिक तस्वीर

धनगढी। बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्।

शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका-६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी)भरतबहादुर शाहले बताए।

मृतक सिंहकी छोरी शान्ति सिंह,धिरेन्द्रबहादुर सिंह,उनकी श्रीमती निशा सिंह,छोरी कृतिका सिंह,पञ्चादेवी सिंह,उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएका छन्।

उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। सबै अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ।