तीन अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन प्रदान

काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले तीन अधिकृतलाई ‘आईजी एपीएफ कमेन्डेसन’ प्रदान गरेका छन्।

शनिबार नं.९ पशुपतिनाथ बाहिनी मुख्यालयको २० औंवार्षिकोत्सवको अवसरमा तीन जना अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन प्रदान गरिएको हो।

आईजी एपीएफ केमन्डेसन पाउनेहरूमा सशस्त्र प्रहरी उपरीक्षकद्वय ध्रुवबहादुर कार्की,उद्धव रावल र सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापा रहेका छन्।

एसपी कार्की कपिलवस्तुमा रहँदा आफ्नो गणलाई देशैभरीबाट उत्कृष्ट बनाउन सफल भएका थिए। एसपी रावल फिल्डमा उत्कृष्ट मानिन्छन् भने डिएसपी थापा हाल नं.२० बाघभैरव गुल्मको गुल्मपतीको रूपमा कार्यरत छन्।