बाजुरामा डुङ्गा पल्टिँदा एकजना बेपत्ता

बाजुरा। बाजुराको खप्तड छेडेदह गाउँपालिका–४ र ७ मा पर्ने छेडेहदतालमा डुङ्गा पल्टिँदा आज एकजना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अचानक तालमा डुङ्गा पल्टिँदा रावत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरीक्षक सुरेश भण्डारीले जानकारी दिए।

डुङ्गामा सवार अन्य ६ जना पौडी खेलेर सकुशल बच्न सफल भएको उनले बताए । बेपत्ता रावतको खोजी भइरहेको प्रहरीले जनाएको छ।रासस