कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनाकपुरधाम । धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साह रहेका छन्।

आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियामा प्रदेश २-०२-००४ प ६९४७ मोटरसाइकललाई बी.एल.१२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रक्ता रञ्जन अवाले जानकारी दिए।

कार चालक दुर्घटनापश्चात फरार भएको र उनको खोजी कार्य जारी रहेको डिएसपी अवाले बताए।