विद्यालयको शुल्क तथा छात्रवृत्ति विवाद सल्ट्याउन मन्त्रालय सक्रिय

सांकेतिक तस्बिर

काठमाडौं। विद्यालय तहमा देखिएको शुल्क विवाद तथा छात्रवृत्तिसम्बन्धी समस्याको एकमुष्ट समाधान गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय सक्रिय भएको छ।

हरेक वर्ष सामुदायिक तथा निजी विद्यालयमा देखिने गरेका यस्ता समस्या समाधानमा शिक्षा मन्त्रालय तथा सम्बन्धित स्थानीय तहले चासो नदिएको आरोप लाग्ने गरेको छ। नयाँ शैक्षिक सत्र सुरु हुन तीन साता मात्र बाँकी छ।

मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धाण एवं छात्रवृत्तिका सम्बन्धमा भएका नीतिगत व्यवस्थालाई कडाइका साथ लागु गर्न १० बुँदे पत्राचार गरेको छ।

मन्त्रालयको अनुरोध कार्यान्वयन गर्न सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै स्थानीय तहलाई अर्को परि पत्र गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ११ मा निःशुल्क शिक्षा, विद्यार्थी प्रो त्साहन तथा छात्रवृत्तिको व्यवस् थापन सम्बन्धमा व्यवस्था गरेको छ।

स्थानीय तहबाट स्वीकृत कानुनका आधारमा सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका विद्यालयमा शुल्क निर्धार ण एवं छात्रवृत्ति वितर णसम्बन्धी व्यवस् थाको प्रभावकारी कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले अनुरोध गरेको थियो।

यी सबै कार्यको व्यवस्थापनको काम, कर्तव्य र अधिकार गाउँपालिका तथा नगर पालिकाको रहेको पनि शिक्षा मन्त्रालयले स्मरण गराएको छ।

साथै सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म विद्यार्थी भर्ना शुल्क,मासिक पढाइ शुल्क,परीक्षा शुल्क र पाठ्यपुस् तकबापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्थालाई कार्यान्वयन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।