आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ। राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।