सुन तस्करीको लहरमा कम्युनिष्ट नेताहरू ?

काठमाडौं। क्रान्तिकारी कम्युनिष्टहरु झ्वामनिष्ट बन्दाको क्षणले अहिले देश हल्लाएको छ। भ्रष्ट कांग्रेस हो भन्ने नेकपा एमाले र माओवादी भित्र कस्ता चरित्र छन् त्यो देखिन थालेको छ।

साँवाको संरक्षण गरे व्याज आउँछ। तर कम्युनिष्टहरुले साँवा नै हजम गर्ने गरेको कुरा राज्यको राजस्व मारेर एयरपोर्टबाट भएको सुन तस्करीमा उपराष्ट्रपति देखि पूर्व सभामुखसम्म पुगेपछि १० वर्षे युद्धकारी, क्रान्तिकारी माओवादी नाङ्गै भएको देखियो।

तस्करीमा तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्यारा झलकराम अधिकारी देखि एयरपोर्टका कर्मचारी र प्रहरीको समेत संलग्नता देखियो। माओवादीले सत्ता गठबन्धनमा नेपाली कांग्रेसलाई धोका दियो। कांग्रेसका दुई नेताका कारण फेरिएको सत्ता एकाएक बद्नाम भयो।

यो गठबन्धनको नायक एमाले अध्यक्ष केपी ओली हुन्। ओली नै नीतिगत भ्रष्टाचारमा सहभागि नायक हुन्। ओलीले थामसेकुँ, हिमालयन एयर, तारा एयर, ओम्नी, हुकाम जस्ता कम्पनीलाई सरकारको सम्पत्ति पोसेर चर्चा कमाए।

परिवारमोह मै प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले भाई भारदार छोरीहरुको मात्र होइन ज्वाईंको समेत कल्याण गराए। जनयुद्धको फल यही हो।

पदमा पुगेर मर्यादा बचाउन नसक्ने लम्पटहरु माओवादीको क्रान्तिकारी आडम्वर भित्र फल्न थालेको १७ वर्षमा कुहिएर फत्त फत्त झरेको छ।

अहिले पार्टी अध्यक्षले रातारात गठबन्धन फेर्नुप¥यो। पहिलो पटक २६८ मत पाएका प्रण्डले यसपटक १५७ मत प्राप्त गरेका छन्। कांग्रेसलाई धोका दिनु प्रचण्डको लागि डा.शेखर र गगन थापा कारक भएका छन्।

यी बद्नामीका पात्र हुन

कांग्रेसको नाउँमा बद्नाम कमाएर चर्चामा आएका डा.प्रकाशशरण महत र मोहन बस्नेत जस्ता डा.आरजुका मुन्सीलाई हटाउन मानेको भए कांग्रेसलाई तड्पिनुपर्ने थिएन।

कांग्रेस सत्ताबाट हट्नु पर्दाको पिडा संसदमा पोख्दै छ। त्यहाँ डा.शेखर पक्ष चुप छ तर, सभापति देउवा पक्ष सकारात्मकबाट एकाएक आक्रामक भएको कारण मुन्सीद्वयको जागिर खोसिनुको पीडा हो।

कांग्रेस भ्रष्ट कम्युनिष्ट तस्कर भएर देश कंगाल बनाउने गणतन्त्रमा संघीयताका विरोधी मसालका मोहन विक्रम सिंहकी कान्छी दुर्गा पौडेलले राष्ट्रिय सभा सदस्य नपाउने भएपछि चित्रबहादुर केसी कांग्रेसी शरणमा पुगेका छन्। सत्ता पक्ष १५७ विपक्ष १०५ मत लिएर सदनमा डुक्रिदैछन्।

सुन तस्करको लस्कर

सरकारले सुन तस्करलाई नछाड्ने भनेको छ। आफ्नो अर्को नभनी कारबाही थाल्नु भन्दै प्रमले दिएको निर्देशन अनुसार पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका पुत्र दिपेश पुन पक्राउ परेका छन्।

यो क्रम चर्कँदै जाँदाको को कति पानीमा छ त्यो देखिन्छ। प्रचण्ड सरकारको तेस्रो रनिङ्ग केही गर्ने हुटहुटी बढेको छ। त्यो समयको माग हो।

उपप्रमहरुको लस्कर धेरै छ। रवि लामिछाने गृहमन्त्री छन्। उनी आफैँ सहकारी पिडक हुन्। उनको अपराधलाई प्रधानमन्त्रीले लुकाउँछन् कि रु जे होस् त्यो छारष्ट पारेर उपप्रम तथा गृहमन्त्री पद खुस्कने वातावरण त बन्छ बन्दैन शका छ। रोल्पाका यी माओवादी नेताहरु यति गिर्लान् र जनयुद्धको इतिहासमा कालो पोत्लान् भन्ने सोँच कसैको थिएन। विपक्षीले मसला धेरै पाएको छ।

आफ्नो विगत हेर कांग्रेस

समस्याका चाङ्ग छन्। हिजो कांग्रेसका अर्थमन्त्री थिए। स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिए। तीनले सहकारी पीडित लघुवित्त पीडित, मिटरव्याज पिडितको समस्या समाधान कति दिए र आज संसदमा रमिता देखाए?यही हो सत्ता अन्धो हुन्छ भनेको छ।

समस्याबाट बेखबर त्यो समयका अर्थ, स्वास्थ्य, उद्योगमन्त्रीले बोल्ने ठाउँ छैन। यिनले कांग्रेस खोज्दा स्वास्थ्य क्षेत्र तथा अस्पतालहरु आतंकित थिए। अहिले हतारिँदा आफ्नै अनुहार उदाङ्गो हुने कुरा सोच्नुपर्दछ।