राष्ट्रिय परीक्षा बोर्डले भन्यो – अनुगमनको नाउमा हुल लिएर परीक्षा हलमा नजानू

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले निरीक्षणको नाममा पटक(पटक धेरै संख्यामा मानिसहरू परीक्षा हलमा नजान अनुरोध गरेको छ।

बिहीबारदेखि सुरु भएको परीक्षामा निरीक्षणको नाममा आधिकारिकभन्दा पनि अन्य व्यक्तिहरू पनि पटक(पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा जानाले परीक्षार्थीको लेखन कार्य प्रभावित भएको भन्ने गुनासा आएको भन्दै यसो नगर्न अनुरोध गरेको हो।

हिजो भएको अंग्रेजी विषयको परीक्षामा यस्तै समस्या भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासो आएको भन्दै अब यसो नगरी परीक्षालाई व्यवस्थित,भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न तथा गर्ने व्यवस्था मिलाउन बोर्डले एक विज्ञप्ति जारी गर्दै सोहीमार्फत् सम्बन्धित सबैलाई आग्रह गरेको छ।

बिहीबार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो ।

यस्तो छ बोर्डले जारी गरेको विज्ञप्ति