पेस्तोल लगायतका हतियारसहित गुण्डागर्दीमा संलग्न लिम्बु पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौंको कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई हतियार सहित जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियान अन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरूको खोजतलास गर्ने क्रममा लिम्बु पक्राउ परेका हुन्।

शङ्कास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ९ घर भई हाल सरस्वतीनगर कपन बस्ने वर्ष २८ को प्रशान्त पराङदेवा लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

निजको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक थान,धारिलो चक्कु २ थान, फलामको हम्बर १ थान र मोबाइल २ थान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।