नेपाल टेलिकम र सर्वोच्च अदालतबिच सम्झौता

काठमाडौं। नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा विविध दूरसञ्चार सेवाहरू उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबिच बुधबार सम्झौता सम्पन्न भएको हो।

सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह(रजिस्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा डेडिकेटेड इन्टरनेट र इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस अलर्ट सर्भिस र पुल एसएमएस सर्भिस उपलब्ध गराउनेछ।

हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरू तथा उच्च अदालत अन्तर्गतका इजलासहरू र विभिन्न जिल्ला अदालतहरूमा उपलब्ध हुनेछ ।