काठमाडौंबाट पेस्तोलसहित एकजना युवक पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौंको बौद्धबाट प्रहरीले पेस्तलसहित मिमसिंह लामालाई पक्राउ गरेको छ।

काभ्रेको रोसी गाउँपालिका ५ घर भएर काठमाडौंको गोकर्णेश्वर बस्ने ३८ वर्षीय मिमसिंह लामा पक्राउ परेका हुन।

उनको साथबाट एक थान पेस्तोल र चार राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताएका छन्।