तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ।

बढुवा हुनेमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेका प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखापरीक्षकतर्फ रिक्त सचिव (उपमहालेखापरीक्षक)मा वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल रहेका छन्।