वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक घर भएका ३१ वर्षीय अरुण शिवाकोटी र धनकुटाको महालक्ष्मी नगरपालिका–६ घर भएका ४१ वर्षीय जगनाथ नेपाल छन्।

शिवाकोटीले पोल्याण्ड पठाउँछु भनेर किसन विश्वकर्मा सहित दुई जनासँग ३ लाख ५० हजार रकम ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले बताए।

शिवाकोटी पेप्सीकोलाबाट पक्राउ परेका हुन्। अर्का आरोपी नेपालले दुबई पठाउँछु भनेर १ लाख रुपैयाँ ठगेका हुन्।