बिचार मिल्यो भने बाम एकता पनि हुनसक्छ: प्रधानमन्त्री प्रचण्ड

फाइल तस्वीर

धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनबीच बाहिर हल्ला भएजस्तो कुनै कुरा नरहेको बताएका छन्।

आज कैलालीको धनगढी बिमानस्थलमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

सत्ता गठबन्धनमा बाहिर हल्ला भएको जस्तो नभई यथार्थमा एक जुट छौं,उनले भने, ‘गठबन्धन पूरै कार्यकाल यथावत रहन्छ।

प्रधानमन्त्री प्रचण्डले पार्टीबीच बिचार मिल्यो भने बाम एकता पनि हुनसक्ने बताए। अहिले हामी सत्ता साझेदार मात्र हौँ हाम्रो विचार मिल्यो भने बाम एकता पनि हुन सक्छ’ उनले भने।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दहालले नेपाललमा चार वटा महत्वपूर्ण काम हुन लागेको बताए। यही अर्को हप्ता कतारका राजा नेपालको भ्रमण गर्न लोगेको र उनको नेपालमा पहिलो भ्रमण रहने उनले बताए।

दोस्रोमा लगानी सम्मेलन हुन लागेको र जहाँ ४० भन्दा बढी देश सहभागी हुने उनले बताए। सम्मेलनबाट लगानी मैत्री वातावरण सिर्जनाका लागि एक दर्जन ऐन संशोधन गरी अध्यादेश ल्याउन लागेको उनले बताए।

जलवायु परिवर्तन सम्बन्धी चासो र चिन्ता विश्वव्यापी परिरहेको बेला आफ्नै अध्यक्षतामा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन गर्न लागिएको र चौथो नीति तथा कार्यक्रममा जनमैत्री र पुरानो ढर्राको भन्दा केही नयाँ सहित ल्याउनका लागि गृहकार्य भइरहेको उनले बताए।

प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम आएका हुन्।