उच्च पदस्थहरुको सम्पत्ति छानबिन हुनैपर्छ: नेता हरिकृष्ण गजुरेल

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज उच्च पदस्थहरुको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको छ।

नेपालमा २०४७ सालको राजनीतिक परिवर्तनपछि सत्ता सञ्चालन गर्न पुगेका उच्च पदस्थहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै शान्ति पूर्ण रूपमा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप र गिरफ्तारी गरेको सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी)का निवर्तमान अध्यक्ष हरिकृष्ण गजुरेलले बताएका छन्।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता हरिकृष्ण गजुरेलसहितका नेता तथा कार्यकर्ताहरूलाइ गरिफ्तार गरिएको थियो। 

  नेपालमा २०४७ सालको राजनीतिक परिवर्तन पछि सत्ता सञ्चालन गर्न पुगेका प्रधानमन्त्रीहरु,मन्त्रीहरु,उच्च पदस्थ सचिवहरु र नेपाल सरकारको उच्च ओहोदामा पुगेका सम्पूर्ण कर्मचारीहरुको सम्पत्ति छानबीन गर्न उच्चस्तरीय छानबीन समितिको गठन र दोषीमाथि सख्त कार्बाहीको मागगर्दै विराेध गरिएकाे नेता हरिकृष्ण गजुरेलले जानकारी दिएका छन्।

अब राज्यका निकायमा बसेर भ्रष्टचार गरेका सबै उच्च पदस्थहरूलाइ छानबिन गर्नुपर्ने  माग निरन्तर जारी  राख्ने नेता गजुरेलले बताएका छन्।

याे राज्यले गरेकाे दमन प्रति घाेरआपत्ति जनाउदै अबका दिनमा यस्ताे दमन नगर्न सरकारलाइ समेत चेतावनी दिन चाहान्छु नेता गजुरेलले बताएका छन्।  

सिंहदरवारको दक्षिण ढोका सामु गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि प्रहरी प्रशासनले अन्धाधुन्ध बलप्रयोग गरी दर्जनौ प्रदर्शनकारीलाई गिरफ्तार गरिएकाे प्रति हाम्राे घाेर आपत्ति रहेकाे नेता गजुरेलले बताएका छन्। 

त्यस्तै गिरफ्तार हुनेहरूमा हरिकृष्ण गजुरेल,मिलन राई,वीरेन्द्र शाह,अविनाश कुँवर,गोकर्ण जोशी,कमला परियार,लक्ष्मी पाण्डे,राहुल वि.क.दिनेश नेपाली,आयुष घिमिरे,जगत ओली,सुदिप सुर्खेती,गीता बुढा,लोकेन्द्र थापा,जय रावल,निशान कटुवाल लगायत रहेका छन्।