कतारका अमिर र प्रधानमन्त्रीबिच द्विपक्षीय वार्ता हुँदै,आजै स्वदेश फर्कने

काठमाडौं। नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज द्विपक्षीय वार्ता हुने भएको छ। दुईदिने मंगलबार नेपाल आइपुगेका थानीले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन्।

आजको वार्तापछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ। थानी आजै स्वदेश फर्कने छन्।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका हुन्। राष्ट्रपति पौडेलले थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए। राष्ट्रपति पौडेल र थानीबीच हिजै भेटवार्ता भएको छ।

भेटमा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध,आपसी हित र चासोका विषयमा छलफल भएको थियो। राष्ट्रपति पौडेलले अमिर थानीको सम्मानमा मंगलबार साँझ रात्रि भोजको आयोजना गरेका थिए।