इलाममा सूर्य चिन्हले जित्यो,त्यही हो पहिचान :अध्यक्ष ओली

फाइल तस्वीर

इलाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन् ।

मंगलबार इलाम–२ बाट निर्वाचित सुहाङ नेम्बाङको विजयी सभालाई सम्बोधन गर्दै ओली जात र थरलाई पहिचान बनाउन नहुने बताएका हुन्।

अध्यक्ष ओलीले भने,पहिचान भनेको के हो ? केलाई पहिचान भन्ने रु हामी सबै नेपाली हौँ। त्यही पहिचान हो। धनी भए धनी नेपाली। गरिब भए दुनियाँले हेप्ने गरिब नेपाली। पढ्न पायौं भने विद्वान नेपाली,पाएनौं भने बुद्धु नेपाली। कस्तो पहिचान?

उनले व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने कोही सफल नहुने दावी गरे। समृद्ध नेपाल सुखी नेपाली भनेपछि त्यही हो पहिचान। नेपाली जनता सुखी हुनुपर्छ। प्रदेशको नाम पहिचानको कुरा होइन।

पहिचान भनेको नामको कुरा होइन’ ओलीले भने,जाति विशेषको, थर विशेषको कुरा होइन। पहिले पनि जसरी बाँडिएका थिए,मेची,कोशी अञ्चल थिए। तसर्थ यो धेरै ठूलो कुरा होइन।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रदेशको नाम साझा राख्दा केही नबिग्रिँने बताउँदै भने,हामी सयौं थुंगा फुलका एउटै माला हौं। इलाममा सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान।