ढुकुटीले दर्जनौँ महिलाको जिबन बर्बाद , ‘न सम्पत्ती रह्यो, न ईज्जत’

दाङ,चैत १७। आठ महिना पहिले चिनेकै अर्को महिलाहरुको सम्पर्कबाट घोराही १५ की अनु डाँगीको परिचय भयो महेश भनिने भुवन धितालसँग।भेटको क्रममा महिलाहरुको समुह बनाउने र पैसा जम्मा गरेर परेको बेला चलाउने गरी एउटा समूह पनि बन्यो । अहिले त्यो समूहमा २० जना भन्दा बढि महिलाहरु छन् ।पटक पटकको भेटपछि बनेको समूह र समूहका प्रति सदस्यले ५० हजारका दरले जम्मा गरेको रकम लिएर धिताल गए । अनुको समूहले यसरी पटक पटक गरेर लाखौँ रकम जम्मा गरेको ६ महिना पुग्यो । तर त्यो पैसा धितालले फिर्ता गर्ने व्यवहार देखाएनन्।

 

त्यसपछि धितालले देखाए आफ्नो असरी अनुहार । हातपात, धाकधम्की, गालीगलौज गर्ने, जवरजस्ती गर्ने र मासिक रुपमा पैसा उठाएर जाने गर्न थाले ।यो पीडा घोराहीकी अनु डाँगीको समूहलाई मात्र हैन, घोराही १० नारायणपुरकी लिला पुनलाई पनि भयो। १५ भन्दा बढि महिलाहरुको समूह बनाएर ढुकुटी खेलेकी पुनले घर मात्र गुमाउनु भएन, श्रीमान बेपत्ता हुनुभयो।त्यसको साथै लाखौँ रकम पनि धितालले खाएर र ईज्जत संग पनि खेलवाड गरे ।घोराहीकी कमला बुढाको ७ लाख डुब्यो नगद मात्र डुबेन पाँच वटा खाली चेकहरु पनि लिएर धितालले मानसिक समस्या दिन थाल्यो ।

 

यी एक दुई जना महिलाहरु प्रतिनिधि महिलाहरु मात्र हुन् । शैक्षिक स्तर कमजोर भएका, एकल,श्रीमान विदेश गएका महिला समुहमा बसेर पैसा उठाउने र लगानी ग¥यो भने राम्रो कमाई हुन्छ भनि सुरुमा ढुकुटी खेलाउदै धितालले करोड भन्दा बढि ठगि गरेको र ती महिलाहरु माथी हातपात गर्ने गरेको प्रहरी अनुसन्धानले देखिएको छ ।ढुकुटीको नाममा महिलाहरुबाट करोड भन्दा बढि रुपैयाँ ठगी गरेको र जवरजस्ती करणी गरेको अभियोगमा दाङमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।तुलसीपुर उपमहानगरपालिका ११ बेलगनारका महेश भनिने भुवन धिताललाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

 

ठगी र जवरजस्तीकरणी गरेको भन्ने पिडितहरुको जाहेरीका आधारमा विभिन्न कागजात सहित पक्राउ गरि आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।५ जना पिडितहरुको सामुहिक जाहेरी र जवरजस्ती करणीमा ३ जना महिलाबाट छुट्टा छुट्टै निबेदन परेपछि प्रहरीले धिताललाई पक्राउ गरेको जनाएको छ।पक्राउ परेका धिताललाई दाङबाट भाग्ने क्रममा दाङ र बाँकेको सिमानाबाट पक्राउ गरिएको प्रहरीको भनाई छ।प्रहरीले धिताल माथी अनुसन्धान गर्न दाङ देउखुरी जिल्ला अदालतबाट ५ दिनेमा म्याद थप गरेको जनाए को छ भने थप अनुसन्धानका लागि सम्पत्ती शुद्धिकरण बिभागलाई समेत पठाउने जनाएको छ ।

 

पक्राउ परेका धितालको साथबाट ८२ थान चेक, १ करोड ६९ लाखको चेक रकम, २ वटा खाली चेक, ३२ वटा तमसुक, १ करोड २४ लाखको तमसुक रकम, ४ वटा ढुकुटी खेलाएको रजिष्टर बरामद गरेको प्रहरीको भनाई छ ।त्यसैगरी, ४ वटा खाली तमसुक ,एक थान जलजला अनलाईनको पत्रकार परिचय पत्र, २ थान मोवाईल, १८ हजार ५ सय नगद, २ वटा सुनको औठी, १ थान ब्रासलेट, एक थान घडि सहित बा १५ च ७६६८ नम्बरको फोर्ड गाडी र भे ८ प ३९५५ नम्बरको होण्डा स्कुटी समेत बरामद गरी प्रहरीले सार्वजनिक गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका पीडित महिलाहरुले आफुहरुमाथि शोषण भएको बताए । घोराही १५ बस्ने अनु डाँगीले समुहमा बसेर रकम बचत गर्ने र काम परेको बेला चलाउने भन्दै धितालले योजना सुरु गरेको बताउनुभयो । उहाँले ७ लाख रुपैँया र साडे ६ तोला सुन बुझाएको र ४ वटा भन्दा बढि खाली चेकहरु हस्ताक्षर गरेर दिएको बताउनुभयो ।धितालले फन्दामा परेपछि पुजा वलीको साथीहरु छुटे,आफन्तहरु टाढा भए।दुई लाख रुपैया नगद गुमाएर मात्र भएन,एउटा डेढ तोलाको सिक्री समेत गयो । त्यति हुँदा हुँदै पनि बारम्बारको मानसिक यातना सँगै ईज्जतसँग खेलवाड भएकोमा ठुलो पछुतो छ ।

 

घोराहीको रिता मिजारलाई पैसा नदिएको भन्दै रातीमा खुकुरी नै देखाएपछि डेढ महिना घर छोडेर भाग्नु प¥यो । सम्पर्क विहिन भएर बस्नु पर्दा छोरीको पढाई विग्रियो । मिलन चौककी सपनाले जिल्ला प्रहरी कार्यालय दाङको प्राङगणमा आँसु नै झार्नुभयो । ‘पैसा त गयो, ईज्जत समेत बाँकी राखेन, सब थोक बर्बाद बनायो ।’नारायणपुरकी लिला पुनले पैसा तिर्न नसकेपछि विष नै सेवन गर्नुभयो । उपचार पछि बाँच्नु भएकी पुन धितालकै यौन दुब्र्यबहारमा परेर घरबार नै विग्रियो ।एक वर्ष देखि श्रीमान टेकबहादुर पुन बेपत्ता छन् । भएको एउटा घर पनि धितालले बेचेर खाईदिएपछि बाँकी केहि रहेन ।

 

घोराहीको अनु डाँगीका अनुसार तीन जना महिलाहरु बलात्कृत भएको बताउनुभयो ।घोराही, फुर्सेखाली, नारायणपुर लगाएतका विभिन्न स्थानमा पुगेर महिलाहरुबाट विभिन्न लोभ देखाउने र पछि धम्की दिएर पैसा असुल्ने गरेको प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेयले बताउनुभयो । साथै आफु पत्रकार भएको, प्रहरीका हाकिमहरु सँग राम्रो सम्बन्ध भएको, वेज्जत गर्न सक्छु भन्ने, पत्रपत्रिकामा छपाईदिन्छु भनि डर देखाएर ३६ प्रतिशत सम्म व्याज असुल गर्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र विभिन्न बहानामा यौन शोषण समेत गरेको प्रहरीमा उजुरी परेको प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिउनसभयो ।