गजल/थमाईदिएँ हातमा सलाई……

सीता प्याकुरेल, धादिङ

थमाईदिएँ हातमा सलाई, मजा लिनुहोस् ।
आउनुस् मेरो घर जलाई, मजा लिनुहोस् ।।

 

छुँदा घोच्छ काँडाले, दुखाउन सक्छ
टाढैबाट हेर्नुस् फूललाई, मजा लिनुहोस् ।

 

बर्षौंदेखि बल्झिँदै पाक्दैछ यो मनको घाउ
नुन छर्नुस् चलाई चलाई, मजा लिनुहोस् ।

 

कालोलाई सेतो भन्नुस् हजुरकै छ राज
म अन्धो हुँ मलाई छलाई, मजा लिनुहोस् ।

 

म गजल बनिदिँए कसैको यादमा
गुन्गुनाउनु होस् मलाई, मजा लिनुहोस् ।