बर्डफ्लुको हल्लाले विचौलियालाई फाइदा, कुखुरापालक र उपभोक्ता मर्कामा

काठमाडौं, बैशाख २९ । बर्ड्फ्लुको हल्लाले कुखुरापालक र उपभोक्ता मर्कामा परेका छन् । गत १९ वैशाखमा स्वास्थ्य मन्त्रालय बर्डप्mलुबाट मान्छेको मृत्यु भएको भनेर पत्रकार सम्मेलन गरी जानकारी गराएपछि कुखुरापालक किसान मर्कामा परेका हुन । बर्डफ्लुले मान्छे मरेको समाचार बाहिर आएपनि कसैले कुखुराको मासु खान भने छोडेका छैनन् ।

 

बर्डफ्लुको अफवाह फैलाईपछि त्यसको फाइदा विचौलियाले लिएका छन् । किसानले उत्पादन गरेको कुखुरा र अण्डा किसानबाट सस्तो मूल्यमा खरिद गर्ने र उपभोक्तालाई महँगो मूल्य विक्री गर्ने गरेका छन् । बजारमा अण्डा र मासुको मूल्य सस्तो भएको भन्दै किसानबाट सस्तोमा खरिद ल्याउने र बजारमा भने पहिलेकै मूल्यमा विक्री गर्ने गरेका हुन् ।

 

अखिल नेपाल कुखुरा पालक किसान संघका अध्यक्ष गणेश कुँवरले बर्डफ्लुको अफवाहले साना किसानलाई ढाड सेकाउने चलखेल भएको आरोप लगाए । एक महिना अघि मृत भएका मान्छेलाई एक महिना पछि आएर पत्रकार सम्मेलन गर्नु भनेको ठूला व्यवसायी र सरकारको नै चलखेल भएको उनको भनाइ छ ।

 

‘यदि सो व्यक्ति बर्डफ्लु लागेर वितेको हो भने किन त्यो समयमा बाहिर ल्याएन । सरकारले बर्डफ्लु लागेर मृत्यु भएको मान्छेको पूरा जानकारी नै गरेर किन बाहिर ल्याइयो । यो भनेको ठूला व्यवसायी, सरकार विचौलियले मिलेर साना किसानको व्यवसायलाई धराशायी गरेको हो’, अध्यक्ष कुँवरले बताए ।

 

कुँवरले सरकारको यो कदमले साना किसानको व्यवसाय धराशायी भएको बताए । यसले गर्दा अहिले साना किसान व्यवसायको उत्पादन आधा घटेको उनले बताए । अध्यक्ष कुँवर आफूले २०६५ साल देखि कुखुरा व्यवसाय गर्दै आएका तर यसवर्षका जस्तो कहिले पनि घाटा नवेहोरेको बताए । बर्डप्mलुका अफवाहका कारण अहिले लागत उठाउन पनि समस्या भएको उनले बताए । कँुवरले भने मेरो फार्ममा १० हजार कुखुरा छन् । त्यसबाट दैनिक ८ हजार अण्डा उत्पादन हुुने गरेको छ । केही महिना अघि एक बाक्स अण्डाको मूल्य दुई हजार तीन सय पाउँथें । २३ सय रुपैँया जान्थ्यो भने आज भोलि १३ सय ५५ रुपैँयामा पनि अण्डा स्टोरहरुले लिन नमान्न कुँवरले बताए । अण्डा लिदिनु प¥यो भने हात जोड्नु पर्ने बाध्यात भएको उनले बताए ।

 

यसले गर्दा उत्पादन लगात मुल्य उठाउन समस्या पनि भएको उनले बताए । कुखुराको दाना महँगो भएर २७ सय रुपैँया पुगेको छ । दुःखको व्यापारीले किसानबाट सस्तो मुल्यमा लिएपनि उपभोक्तालाई भने सस्तोमा दिएका छैन् । किसानबाट लिएर विचौलिय प्रति बाक्साबाट ७ सय देखि एक हजार रुपैया सम्म नाफा लिइ रहेको उनले बताए । सरकारले बजार अनुगमन नगर्दा विचौलियको मनपरी भएको उनले बताए । राजधानी दैनिकबाट।