विजय सभाबाट फर्केको पिकअप दुर्घटना, १९ जना घाइते

इलाम । इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ।

को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५,बिब्ल्याँँटे बजार नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा परी १९ जना घाइते भएका छन्। गम्भीर घाइते तीन जनालाई उपचारको लागि झापा अस्पताल रेफर गरिएको छ। सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।