आज मिति २०७६ साल जेठ १६ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस् र शेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

चन्द्रमा खर्च स्थानमा गोचर गरिरहेको भए पनि पढाई तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि समयले साथ दिनेछ । अग्रज तथा आफन्तको सल्लाह मानेर अगाडि बढ्नुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

सिमित स्रोत तथा साधनबाट असिमित आवस्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादीहरुले फसाउँन सक्छन् । दाजुभाई तथा आफन्तलाई बिश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्काबिच मनमुटाव हुने तथा पति पत्निबिचको सम्बन्धमा अबिश्वास बढ्नेछ । अन्यत्रै ध्यान मोडिदा पढाई लेखाईमा पछि परिनेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे आम्दानि हुँनेछ । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुँने तपाईको निर्णयको सबैतिर चर्चा हुँनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुँनेछ । गित संगित तिर ध्यान जानेछ भने बाहिरि गतिबिधिमा भाग दिई नाम कमाउँन सकिनेछ । सरकारि तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । पढाई लेखाईमा राम्रा प्रगति गर्न सकिनेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न हुँनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुँने योग रहेकोछ । धर्म तथा सस्कृतिको बचाउँमा समय खर्चनु पर्ने हुँन सक्छ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । समाजसेवामा मन जाने तथा मान सम्मानमा बृद्धि हुँने योग रहेकोछ ।

सिहं मा,मी,मू ,मे,मो,टा,टी,टू,टे

बैक तथा बित्तियसस्थामा गरिएको लागानिबाट सन्तोषजनक कमाई हुँनेछ । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार नतिजा नआउँने हुँनाले मन खिन्न हुँनेछ । माईति तथा चेलिबिचको सम्बन्ध बिग्रन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले खानपानमा ध्यान दिनुहोला । पढाई लेखाईमा अलि बढि मेहनेत गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउँने दृष्यहरु मन मुटुमा कैद गर्न पाउँद मन प्रफुल्लित हुँनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हुँने तथा पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । व्यापार व्यापार फस्टाएर जाने हुँनाले भने जस्तो आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

अध्ययन तथा अध्यापनमा मन जाने तथा नतिजा तपाईकै पोल्टोमा आउँनेछ । शिक्षा पेशा सँग सम्बन्धित व्यावसायबाट भनेजस्तो लाभ लिन सकिनेछ । रोकियका काम बन्नाले मनग्गे लाभ हुँनेछ । चिठ्ठा,उपाहार तथा आकश्मिक लाभ हुँने योग रहेकोछ । प्रेम प्रशङग सकारात्मक बाटोमा अगाडि बढ्नेछ । खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धि समस्या आउँन सक्छ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाति रहनेछ । आत्मिय मित्र तथा साथिभाईहरुको गलत सल्लाह मान्दा फन्दामा पर्न सकिन्छ ध्यान दिनहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा सहकारि क्षेत्रमा समय लगानि गरि मनग्गे आम्दानि हुँनेछ । पढाई लेखाईमा मन नजाने हँदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

दाजुभाई तथा आफन्तहरुबाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ । छोटो दुरिको रमाईलो यात्राको तय हुँनेछ । पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्ने जागर आउँनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईकै नाम आउँनेछ । माया प्रेममा रमाउँने चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफुले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसि हुँनेछ भने पति पत्निबिच मायाको डोरे कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलाशि सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ ।

मीन दी, दु,थ,झ,ञ,दे,दो,चा,ची

तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ ।