सरकारले लामो दूरीका यातायात खुलाएसँगै : दशैंमा घर जाने चटारो, यसरी हुँदैछ टिकट बुकिङ

काठमाडौं,असोज १९। सरकारले यही असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात खुलाएको छ। दसैं नजिकिएसँगै राजधानीबाट घर फर्किनेको संख्या बढेको छ।

 

यातायात व्यवस्था विभागले जारी गरेको निर्देशकाअनुसार यात्रुले गाडीभित्र भौतिक दूरी कायम हुने गरी तोकिएको सिटमा मात्र बस्नु पर्नेछ। यात्रा गर्दा अनिवार्य मास्क लगाउनु पर्नेछ।

 

कोरोना महामारीका कारण गत वर्षको दसैंमा भन्दा यसपालि यात्रु निकै कम भएको यातायात व्यवसायी बताउँछन्।

 

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले दुई सिटमा एक जना मात्रै यात्रुलाई राख्ने गरिएको छ। यातायात व्यवसायीले भीडभाड कम होस् भनेर टिकट पनि अनलाइनमार्फत लिन सकिने व्यवस्था गरिएको जनाएकाे छ।