लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, विशेष अधिवेशनको माग

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

 

अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वासको प्रस्तावमा ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षर रहेको छ भने माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

 

विपक्षी दलले मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन मागसमेत गरेका छन् । विपक्षी दलले सोमबार नयाँ सरकार गठनका लागि लुम्बिनी प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए ।

 

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले यसअघि वैशाख ६ गते पहिलोपटक अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमाथि छलफल गर्न गत वैशाख १९ गते प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । तर, सोही दिन मुख्यमन्त्री पोखरेलले राजीनामा दिँदै संविधानको धारा १६८ (१) अनुसार पुनः नियुक्त भएका थिए ।

 

सो दिन विपक्षी गठबन्धनको विरोधका बीच तत्कालीन प्रदेश प्रमुख मुख्यमन्त्रीको निवासमै गएर पोखरेललाई शसथ खुवाएसँगै उनको पद जोगिएको थियो । यसअघि आफू पक्षीय प्रदेश प्रमुख हुँदा अनुकुलतामा रहेको पोखरेलको पद वर्तमान सरकारले नयाँ प्रदेश प्रमुख पठाएसँगै संकटमा परेको छ ।

 

विपक्षी गठबन्धको यो कदमपछि मुख्यमन्त्री पोखरेलले अब कस्तो कदम चाल्छन्, त्यो खुलिसकेको छैन । त्यसैगरी दोस्रोपटक वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराइएको थियो ।