ट्रयाक्टर दुर्घटनामा दुईजनाको मृत्यु

कैलाली,असोज २३ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–२, लालमोटिया डाँडानजिक एक ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ट्रयाक्टर चालक बर्दगोरिया गाउँपालिका–१ का अन्दाजी ४१ वर्षीय डागु चौधरी र ट्रयाक्टरमा सवार सोही ठाउँका कामदार सुरज कठरिया रहेका छन् ।

 

फलेबिसौनाबाट ढुंगा लोड गरेर बौनियाँतर्फ आउँदै गरेको से१त ३९६९ नम्बरको ट्रयाक्टर मंगलबार मध्याह्न १२ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परी अर्का कामदार भीम कठरिया घाइते भएका छन् । घाइते कठरियाको बौनियाँबजारस्थित बर्दगोरिया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।