जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प धक्का
काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज (बिहीबार) बिहान ६ः ३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ४.२ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। पछिल्लो समय पश्चिम नेपालमा भूकम्प जानेक्रम बढेको छ।
यसअघि गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मात्रामा मानवीय र भौतिक क्षति भएको थियो।
