‘डिभोर्स’ चर्चाबारे एलिना चौहानकाे यस्तो छ भनाइ (भिडियोसहित)

काठमाडौं।गायिका एलिना चौहान वैवाहिक सम्बन्धको कुरालाई लिएर केही समयदेखि चर्चामा रहेकी छिन्। वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले अहिले सामाजिक सञ्जाल तातेको छ।

वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धुमधामले विवाह गरेकी थिइन्। त्यसको एक वर्ष नबित्दै उनले विवाह सम्बन्धबारेका प्रश्नको सामना गरिरहेकी छिन्।

एलिना ओशोमार्गी बनेको बेलादेखि नै उनको यो कुराले चर्चा पाएको हो। तर यतिबेला केही दिनअघि गायिका ज्याति मगरको फेसबुक स्टाटसले चर्चामा बल पुग्यो। ज्योतिले एक चर्चित गायिकाले हिंसा सहेको आशयको पोस्ट गरेकी थिइन् तर केही छिनमै डिलेट गरिन्।

बिहीबार मात्र केही मिडियामा उनको डिभोर्सको चर्चा चल्यो। यसले झनै ‘सम्बन्ध विच्छेद’बारेको चर्चालाई बल मिलेको छ।