सुप्रिम सहकारी प्रकरण: पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं। रुपन्देही जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा जोशीलाई थुनामा पठाउने आदेश गरेको हो।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले उक्त आदेश गरेको हो। जोशीलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा ८८ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा ५० लाख धरौटीमा रिहा गरिएको थियो।

अदालतमा आफूविरुद्ध मुद्दा दायर भएपछि जोशी आफैँ अदालतमा उपस्थित भएका थिए। सोही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने १ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए।