आज यी तीन प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ ।
दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी तीन प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
हुस्सु, कुहिरो र हिमपातका कारण पर्नसक्ने असरप्रति सचेतना अपनाउन महाशाखाले आग्रह गरेको छ ।

