पिकनिकबाट फर्किंदै गरेको स्कुल बस दुर्घटना,३ जना विद्यार्थीको मृत्यु

काठमाडौं । काठमाडौंमा नगरकोट पिकनिक गएर फर्किंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ।

शंकरापुर नगरपालिका -५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चाबहिलस्थित रहेको एसएस एकेडेमीको स्कुल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

बौद्ध प्रहरीका अनुसार ४० जना घाइते भएका छन्