ओली सरकार भ्रष्टाचारीको संरक्षक हो: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारीलाई संरक्षण गर्ने उदेश्यले बनेको आरोप लगाएका छन्।

हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानका क्रममा बुधबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाहीमा ल्याउने अभियान चलाएपछि उनीहरुलाई संरक्षण गर्न कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको बताएका हुन्।

उनले ‘हामीले सुशासन कायम गर्न खोज्यौं । भ्रष्टाचारी विरोधी अभियान सुरु गर्यो। भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेवापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो।

फ्नो सरकारले सुरु गरेको त्यही सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लैजान जागरण अभियान सुरु गरिएको उनको भनाई छ।