भूकम्पको पुननिर्माणले अब तीव्रता पाउँछ: गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले अबदेखि भूकम्पपछिको क्षति आँकलन, पुननिर्माण र पुनस्थापनालाई तीव्रता दिइने बताएका छन्।

आज(बिहिवार)सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा उनले यस्तो बताएका हुन्।

उनले भने,अब पुनर्निर्माण र पुनर्स्थापनाको काम द्रुत गतिले अगाडि बढ्छ, भूकम्पपछिको पुनःनिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुर्ननिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी छ।

मन्त्रालयले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र निजी घरको पुननिर्माण एवं पुनस्थापन गर्न आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको काम गरेको उनको भनाइ छ।