पशुपतिमा सुन दिन्छु भन्दा पनि स्वीकार्न सकिएन: पर्यटनमन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कार्यविधि नभएका कारण पशुपति मन्दिरका लागि सुन दान दिन्छु भन्दा पनि लिन नसकिएको बताएका छन्।
धार्मिक,सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन)को बिहीबार गुह्येश्वरीमा शुभारम्भ गर्दै उनले अब चाँडै कार्यविधि बनाएर सुन दान लिइने बताए।
उनले कार्यविधि नभएकै कारण भारत गोवाका मुख्यमन्त्रीले पशुपति मन्दिरको शिवलिङ्गको नाग परिवर्तनका लागि सुन दान दिन्छु भन्दा पनि स्वीकार गर्न नसकिएको बताए। गोवाका मुख्यमन्त्रीबाट पशुपति शिवलिङ्गको नाग परिवर्तन गर्नका लागि कति सुन चाहिन्छ दिन्छु भन्ने प्रस्ताव आएको छ,उनले भने।
मन्दिर क्षेत्रमा दान लिइने सुनका विषयमा कार्यविधि बनाउन समिति गठन गरिसकेको उनको भनाइ छ। ‘सुन लिएर व्यवस्थित गर्ने कार्यविधि नभएका कारण समितिले अध्ययन गरेर आवश्यक कानुन निर्माणमा गरी दाताबाट सुन लिएर त्यसको सदुपयोग हुन्छ, उनले भने, ‘पशुपति क्षेत्रमा दानको सदुपयोग हुन्छ।
‘पशुपति क्षेत्रमा आउने मानिस धार्मिक भावका हुन्छन्, यस्तो भाव हुनेहरुले जताततै फोहर गर्नुभएन, आफूले गरेको फोहर सही स्थानमा व्यवस्थापन गर्नुपर्छ,आत्मानुशासन हुने गरेकै कारण कति देशमा सडकमा ट्राफिक बस्नु पर्दैन, हामी पनि धार्मिक र लोकतान्त्रिक भावले त्यही मार्गमा अघि बढ्नु पर्छ,उनले भने।
