सशस्त्रले माग्यो २८ जना प्रहरी निरीक्षक
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको छ। आज एक सूचना जारी गरी ८ जना कानुनतर्फ र २० जना लेखातर्फ प्रहरी निरीक्षक माग गरेको हो।
सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले फागुन १८ गतेदेखि चैत १९ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था मिलाएको छ। अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने मानवस्रोत विभागले जनाएको छ।
