रिंकु सदाय मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ
काठमाडौं । सिरहाको १७ वर्षीया किशोरी रिंकुकुमारी सदाय मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन्। सिरहाका एसपी रमेश पण्डितले रिंकुकुमारी सदाय मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरिएको जानकारी दिए ।
नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनीमाथि सामूहिक बलात्कार भएको थियो।
आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै घरमा झुन्डिएको अवस्थामा ३० माघको बेलुका मृत भेटिएकी थिइन्।
आफु बलात्कृत भएपछि रिंकुले आफूमाथि बलात्कार भएको बताएकी थिइन् । तर, घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा बसी प्रहरीकहाँ नपठाउने निर्णय गरिएको थियो । त्यसपछि रिंकुले आफ्नै घरमा आत्महत्या गरेकी थिइन् ।
