कुलमानको पक्षमा प्रतिपक्षी: अरू कुरा जान्दैनौँ, कुलमान हटाए मान्दैनौँ
काठमाडौं। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन खोजेपछि संसद्मा विपक्षी दलहरूले एक स्वरमा सरकारलाई खबरदारी गरेका छन्। माओवादी केन्द्रले उनलाई नहटाउन चेतावनी दिएपछि त्यसमा रास्वपा र राप्रपाले पनि समर्थन जनाएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्राधिकरण प्रमुख घिसिङलाई नहटाउन चेतावनी दिएका थिए । त्यसपछि धारणा राखेका रास्वपा सांसद मनिस झाले पनि सरकारलाई खबरदारी गरे।
‘कुलमान जस्तो मान्छेलाई जिरो मूल्यांकन गर्छौं र आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएपछि निष्काशन गर्न खोजिएको छ,उनले भने, ‘त्यसैले खबरदार १ एउटा कुलमानलाई लखेटिए हामीले हजारौं कुलमान लिएर आउनेछौँ।
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि उही शैलीमा खबरदारी गरे। कुलमानलाई हटाउने प्रपञ्चबाट सरकार पछि नहटे सदन र सडकबाट पनि ठूलो आवाज उठ्ने चेतावनी उनले दिए।
२०७२÷०७३ मा नेपाल विद्य्त प्राधिकरण ९ अर्ब घटामा थियो। अहिले ११ अर्ब फाइदामा छ। अन्धकार नेपाललाई उज्याले नेपाल बनाउनेलाई कारबाही मात्र होइन,शूल्य नम्बर दिने यो के हो,उनले भने, कुलमानलाई हताउने जुन प्रपञ्च भइरहेको छ,यदि उनलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेल्न खाजेको ठहर हुन्छ। सदन र सडकबाट ठूलो आवाज उठ्छ।
