सरकारले कुलमानलाई सोध्यो-प्राधिकरणको कार्यकारी निर्देशकबाट किन नहटाउने?

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तीनदिने स्पष्टीकरण सोधेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ‘प्राधिकरणको कार्यकारी निर्देशकबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेको हो ।

एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार स्पष्टीकरण सोध्नका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई जिम्मेवारी दिएको हो।

उर्जामन्त्री दिपक खड्काले यसअघि नै २ बुँदे स्पष्टीकरण सोधिसकेका छन् । तर, घिसिङले आफुलाई उर्जामन्त्रीले स्पष्टीकरण सोध्ने अधिकार नभएको बताएका थिए।