यस्तो रहनेछ आजको मौसम?

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोसी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ ।

देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै महाशाखाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।