आज मिति २०८१ साल फागुन २४ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीको दर्शन गरि राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ। मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला। व्यापारबाट राम्रै आम्दानी हुन सक्छ। नसोचेको काम बन्ने छ, प्रियसाथीसँग पनि भेटघाट होला।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। सवारी साधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला। खानामा सचेत रहनु पर्ने दिन छ। अनावश्यक झमेलामा परिएला। यात्राको क्रममा सावधान रहनु होला।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला। ठूला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ। काम रोकिएपनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्। अन्न लाभ होला। अनौठो खबर सुन्न पाइएला।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ। आयआर्जन हुने दिन छ, यात्राको सम्भावना छ। नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ। लेनदेको काम पनि नगरेकै बेश होला। घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला। साथै रमाइलो यात्राको पनि योग रहेको छ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ। साथै प्रेममा पनि धोका होला। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मन हर्षित रहला । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ । सोचेको काम समयमै सम्पन्न नहोला।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ। माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जाँगर थपिने देखिन्छ । पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन । ब्यर्थै समयको नाश होला । मनमा उदासिन्ता बढ्ने, काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिनेछन्।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
