अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वप्यापी रुपमा मनाउ: पत्रकार केन्द्र

आज ८ मार्च  आजकै दिन सन १९११ मार्च ८ का दिन प्रतिक्रियावादी राज्यसत्ता र पुरुष प्रधान सामन्ती सत्ताद्वारा द्वारा उत्पीडन , शोषण , दमन , अन्याय – अत्याचार र विभेद पिल्सिदै आएका  धर्तीको आधा आकाश ओगटेका श्रमजीवी  महिलाहरुले स्वतन्त्रता , समानता , पुरुषसरह समान ज्याला , समान अवसर  लगायतका मौलिक हक अधिकार प्राप्तिका निम्ति विश्वव्यापी रुपमा जुन लामो समयदेखि संघर्ष सञ्चालन गर्दै आएको परिपेक्षमा अन्तर्राष्ट्रिय श्रमजीवी महिला आन्दोलनले उठाएका मागहरु पुरा गर्न प्रतिक्रियावादी राज्यसत्ता बाध्य भएको थियो।   
     त्यसैले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुले एउटा उत्सवका रुपमा मनाउँदै आएका छन् । आज पनि संसारभर उत्पीडित तथा श्रमजीवी महिलाहरुले श्रमिक महिला दिवसका रुपमा धुमधामका सात विश्वप्यापी रुपमा मनाउन गइरहेका छन् ।  यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकार , साहित्यकार , साँस्कृतिक कर्मिहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र अन्तर्राष्ट्रिय  महान् मुक्तिकामी , श्रमजीवी तथा उत्पीडित  महिला दिवसप्रति ऐक्यबद्धता जाहेर गर्दछ ।
      हाम्रो संगठनले के मान्यता राख्दछ भने अहिले श्रमजीवी महिलाहरुले सिमित मात्रामा अधिकार प्राप्त गरिरहेका छन् ,  श्रमजीवी महिलाहरु जब विश्वव्यापी रुपमा नयाँ जनवाद , वैज्ञानिक समाजवाद हुँदै वर्गबिहिन , राज्यबिहिन वैज्ञानिक साम्यवादमा पुगे पछि मात्रै पूर्णरूपमा स्वतन्त्रता प्राप्त गर्नेछन् । किनभने त्यस वैज्ञानिक साम्यवादी समाजमा मात्र सबै मानव जातिले स्वतन्त्रता , समानता र सबैखाले विभेद अन्त्य भएको समाजमा बाँच्न पाउनेछन् ।
                         क्रान्तिकारी अभिवादन सहित ।
       मिति : ८ मार्च २०२५ 
        ( २४ फागुन २०८१ ) 
 
 
                                                                                                                            ( हस्तबहादुर केसी ) 
                                                                                                                                   अध्यक्ष 
                                                                                                       अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र