आज मिति २०८१ साल फागुन २५ गते आइतबार सूर्य देव भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- धन कमाउने राम्रो अवसर मिल्नेछ । पशुधनबाट लाभ प्राप्त हुने सम्भावना छ । काम सफल भई सुखको अनुभव हुनेछ। दिन रमाइलो बित्नेछ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- गरेका कामबाट राम्रो परिणाम प्राप्त हुनेछ । नोकरीका लागि दिन सामान्य रहनेछ। विभिन्न किसिमका फाइदा हुनेछ । अप्रत्याशित लाभको सम्भावना छ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- काममा अवरोध आउने सम्भावना छ । अनावश्यक झमेलामा पर्न सकिन्छ, सतर्क रहनुहोस् । आज केही हानि हुन सक्छ, निर्णय लिँदा विशेष ध्यान दिनुहोला ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- तपाईंको विचार र कार्यशैलीले धेरैलाई आकर्षित गर्नेछ । धन आर्जनको राम्रो अवसर मिल्नेछ । परोपकारी कार्यमा रुचि बढ्नेछ । आर्थिक पक्ष सुदृढ हुनेछ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- अनौठो तरिकाले कमाई हुने योग छ, जसले मन खुशी बनाउनेछ । टाढाको यात्रा लाभदायक हुनेछ । राम्रो आम्दानी हुने भएकाले सुखद अनुभव हुनेछ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- टाढाको यात्रा गर्ने योजना भए केही समयका लागि स्थगित गर्नु राम्रो हुनेछ । दिन सामान्य रहनेछ, केही लाभका साथ केही हानि पनि सम्भावित छ । अचानक धन प्राप्ति हुने सम्भावना छ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- मेहनतअनुसार उपलब्धि नपाइने समय छ । आर्थिक खर्च बढ्नेछ, अनावश्यक खर्चले तनाव दिन सक्छ । नसोचेको ठाउँमा धन खर्च हुन सक्छ, ध्यान दिनुहोला ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्रा गर्नुपर्ने हुन सक्छ । तर, आफन्तजनसँगको भेटघाटले मन प्रसन्न हुनेछ । सुखद अनुभूति हुने दिन छ।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- परोपकारी कार्यमा मन जानेछ । स्वास्थ्यमा भने केही कमजोरी महसुस हुन सक्छ । आम्दानी राम्रो हुनेछ, खर्चभन्दा बढी कमाइ हुने देखिन्छ । शिक्षामा पनि प्रगति हुनेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- दुस्खमा साथ दिने साथीभाइ भेटिनेछन् । आर्थिक रूपमा फाइदा मिल्नेछ । विपरित लिङ्गीको साथ र हौसलाले मन रमाउनेछ । मनोरञ्जनात्मक कार्यबाट पनि लाभ मिल्नेछ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- बिहानको समय फलदायी रहनेछ, तर बेलुकी सामान्य तनाव हुन सक्छ । इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । कानुनी वा विवादास्पद विषयमा समस्या आउन सक्छ, सतर्क रहनुहोला।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- पेशागत क्षेत्रमा समस्या देखिन सक्छ । दिन मिश्रित रहनेछ, केही सुखद त केही चुनौतीपूर्ण स्थिति सामना गर्नुपर्ला । नोकरीमा झमेला र तनावको सम्भावना छ, सचेत रहनुहोला ।
