चैतका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर
काठमाडौं। बाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंकले चैत १ गतेदेखि लागू हुनेगरी फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १७ वाणिज्य बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ बैंकले घटाएका छन्। ब्याजदर घटाउने बैंकहरुमा हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंक रहेका छन्।
चैतमा वाणिज्य बैंकहरुको ब्याजदर औसतमा ५.९३ प्रतिशत कायम भएको छ। फागुनमा यो प्रतिशत औसतमा ६.०१ थियो ।सार्वजनिक विवरणअनुसार चैतमा एनआइसी एशिया बैंकमा पैसा राख्दा सबैभन्दा बढी ब्याज पाइने छ।
यस बैंकको ब्याजदर चैत्रका लागि ६.६ प्रतिशत कायम गरिएको छ भने अन्य करिब एक दर्जन बैंकमा ६ प्रतिशत माथि ब्याज पाइने छ।

