त्रिविका १२ आंगिक क्याम्पसमा स्ववियु चुनाव अनिश्चित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका १२ वटा आंगिक क्याम्पसमा स्ववियु चुनाव अनिश्चित भएको छ । ५० आंगिक क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि १२ क्याम्पसमा चुनाव अनिश्चित भएको हो ।
त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये काठमाडौं उपत्यकाका ६ र उपत्यका बाहिरका ६ गरी १२ वटामा मनोनयन हुन नसकेको हो । अरु क्याम्पसमा समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता भएको छ।
आज प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको दाबी विरोध, १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र ५ बजे उम्मेदवारको दाबी विरोधपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
आज दिउँसो २ बजेदेखि पर्सि चैत २ गते राति १२ बजेसम्म प्रचार गर्न पाइनेछ। त्यसपछि मौन अवधि शुरू हुनेछ। चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ।
८२ वटा क्याम्पसमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् । त्रिविबाट आंगिक ६२ सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो ।
