काठमाडौंबाट अवाञ्छित गतिविधि गर्ने दुई महिलासहित १२ जना पक्राउ
काठमाडौं। होली पर्व मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट १२ जनालाई पक्राउ गरेको छ । दुईजना महिलासहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए।
उनका अनुसार काठमाडौको पकनाजोलबाट २ जना महिलालाई पक्राउ गरेको छ। इच्छाविपरीत लोला हान्ने र रङ दल्ने लगायतका अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
यस्तै, न्युरोड गेटबाट ३ जना, कोटेश्वर चोकबाट ४ जना, सिंहदरबार पश्चिम गेटबाट २ जना र बौद्धबाट १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।उनीहरुलाइ कसुरको प्रकृति हेरेर मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने प्रहरीले जनाएको छ।
